४ मंसिर २०७८, शनिबार

जकार्ता । इन्डोनेसियाको मध्य जाभा प्रान्तमा राति पहिरोमा परी चार जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।

इन्डोनेसियाको विपद् व्यवस्थापन एजेन्सीले शनिबार दिउँसो भारी वर्षापछि बन्जरनेगारा जिल्लाका धेरै घरहरूमा क्षति पुगेको जनाइएको छ ।

सन् २०१४ मा सोही जिल्लामा यस्तै पहिरोमा परी सयभन्दा बढीको ज्यान गएको थियो ।

इन्डोनेसियामा वर्षाको मौसममा बाढी र पहिरोका घटनाहरू सामन्य जस्तै हुने गर्छ सामान्यतया अक्टोबरदेखि मार्चसम्म यसको बढी असर देखिन्छ ।

LIVE TV