४ मंसिर २०७८, शनिबार

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीलाई हराउँदै चेल्सीले आफ्नो शीर्ष स्थानलाई झन् बलियो बनाएको छ । लिगको शीर्ष स्थानमा रहेको चेल्सीले शनिबार राति लेस्टरलाई उसैको घरेलु मैदानमा ३-० को गोलले पराजित गरेको हो ।

चेल्सीका एन्टोनियो रुडिगरले लेस्टरबिरुद्ध खेलको पहिलो हाफको १४ औँ मिनेटमा गोल गरेका थिए । त्यसपछि २८ औँ मिनेटमा एनगोलो कान्टेले एक गोल गरे ।

खेलको दोस्रो हाफमा क्रिस्टियन पुलिसिचले गोल गरे । यससँगै चेल्सीले १२ खेलबाट २९ अंक बटुल्न सफल भएको छ भने दोस्रो स्थानको म्याचेस्टर सिटीसँगको दुरी ६ अंकमा पुर्याएको छ ।

लेस्टर भने १५ अंकसहित लिगको १२ औँ स्थानमा सीमित हुन पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV