४ मंसिर २०७८, शनिबार

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले माल्दिभ्सको शीर्ष डिभिजनको ‘धिवेही प्रिमियर लिग’ खेल्ने भएका छन् ।

माजिया स्पोट्र्स एण्ड रिक्रिएसम क्लबबाट कप्तान किरणले माल्दिभ्सको शीर्ष डिभिजनको लिग खेल्ने भएका हुन् । त्यसोत माजिया सबिज विजेता समेत हो ।

लिगका लागि किरण शुक्रबार माल्दिभ्स प्रस्थान गरेका छन् । कप्तान किरणले यसअघि पनि माल्दिभ्सको लिग खेलिसकेका छन् । माल्दिभ्सको नयाँ सिजनको लिग डिसेम्बरमा सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV