४ मंसिर २०७८, शनिबार

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगार क्षेत्रलाई बेथिती मुक्त बनाइने बताएका छन् ।

शनिबार काठमाडौंमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) तनहुँ-काठमाडौं सम्पर्क मञ्चद्वारा
आयोजित भेलामा मन्त्री श्रेष्ठले वैदेशिक रोजगार क्षेत्रलाई बेथिती मुक्त बनाएर व्यवस्थित, पारदर्शी र मर्यादित बनाउने प्रतिवद्धता जनाए ।

मन्त्री श्रेष्ठले सरकारले नयाँ श्रम गन्तव्य खोजी गरिरहेको समेत बताएका छन् । कार्यक्रममा पार्टी उपाध्यक्ष केशवलाल श्रेष्ठ, नेताहरु प्रतापलाल श्रेष्ठ, विजय गुरुङ, दिलु पन्त, श्रीराम कार्की लगायतले नेकपा (एस)को पक्षमा जनलहर आएको बताए ।

भेलाबाट श्रीराम पौडेलको अध्यक्षतामा ३७ सदस्यीय नेकपा (एस) तनहुँ–काठमाडौं सम्पर्क मञ्च गठन गरिएको छ । कार्यक्रममा एमाले–कांग्रेसलगायत पार्टी परित्याग गरि नेकपा (एस) मा प्रवेश गरेका ५३ जनालाई पार्टी अध्यक्ष माधवकुमार नेपालले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV