४ मंसिर २०७८, शनिबार

काठमाडौं । थ्री स्टार क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा विजयी सुरुवात गरेको छ । शनिबार (आज) त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा च्यासल युथ क्लबलाई ३–० गोल अन्तरले हराउदै थ्री स्टारले सानदार विजयी सुरुवात गरेको हो ।

थ्री स्टारको जितमा निशान खड्का, राफायल बिडीयास रिम र अनन्त तामाङले एक÷एक गोल गरे । थ्री स्टारले पहिलो हाफमै दुई गोल गरेको थियो । जसका लागि खेलको २२ औं निशानले गोल गर्दै थ्री स्टारलाई अग्रता दिलाएका थिए । उनले करिब ३० यार्डबाट फ्रिकिकमार्फत् उत्कृष्ट गोल गर्न सफल भए ।

त्यस्तै खेलको ४४ औं मिनेटमा थ्री स्टारले २–० को अग्रता बनायो । हेमन्त थापा मगरको फ्रिकिकमा रिमले हेड मार्फत गोलको जाली चुमाए ।

त्यस्तै खेलको ५८ औं मिनेटमा अनन्तले गोल गर्दै थ्री स्टारलाई ३–० को जित दिलाए । हेमन्त थापा मगरको फ्रिकिकमा उनले हेडरमार्फत गोल गरेका हुन् । यो जितसँगै थ्री स्टारले पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडेको छ ।

थ्री स्टार तालिकाको शीर्ष स्थानमा रहेको छ । खेलको म्यान अफ दि म्याच थ्री स्टार निशान खड्का चुनिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV