
- विनय तिम्सीना,
इलाम । इलाममा शनिबार रामप्रसाद दुलाल (जिल्ला ब) स्मृति पत्रकारिता पुरस्कार वितरण भएको छ । इलाम नगरपालिका–४ मलते साविक माइपोखरी गाविसमा जन्मिएका स्वार्गीय रामप्रसाद दुलालाको स्मृतिमा उनका नाती माधव प्रसाद चम्लागाँईको पहलमा इलाम जिल्लाकै अत्याधिक धनराशीको पुरस्कार स्थापना भएर आज वितरण गरिएको हो ।
विगत ३ दशकदेखि इलामलाई कार्यक्षेत्र बनाएर कलम चलाइरहेका अग्रज पत्रकार विजयशेखर भट्टराईलाई सम्मान पत्र तथा नगद बीस हजारसहित सो पुरस्कार नेपाल प्रेस युनियनको आयोजनामा प्रदान गरिएको हो ।
भट्राईलाई नेपाल प्रेस युनियनकी अध्यक्ष सविता पाण्डेले दोसल्ला ओढाएर सम्मन गरेकी थिइन्भने, प्रेस युनियनका महासचिव अजयवावु शिवाकोटीले सम्मान पत्र र प्रमुख जिल्ला अधिकारी ध्रुव वहादुर खड्काले नगदसहित पुरस्कार प्रदान गरेका थिए ।
युनियनकी अध्यक्ष सविता पण्डेको सभापतित्वमा आयोजना भएको कार्याक्रममा नेपाल प्रेस युनियनका महासचिव अजयबावु शिविाकोटी, प्रजिअ ध्रुव बहादुर खड्का, प्रहरी प्रमुख महेन्द्र कुमार श्रेष्ठ, विभिन्न पाटीका प्रतिनिधिलगायत स्वर्गीय दुलालका परिवारको उपस्थिति थियो ।
त्यस्तै कार्यक्रमलाई नेपाल प्रेस युनियन इलामका सचिव टिका खतिवडाले सञ्चालन गरेका थिए, भने नेपाल प्रेस युनियनका उपाध्यक्ष विनय तिम्सीनाले स्वागत गरेका थिए ।
पुरस्कार वितरण कार्यक्रममा स्वर्गीय दुलाको जीवनको बारेमा उनका जेठा छोरा जीवन प्रसाद दुलालले जानकारी गराएका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष विप्लव भट्टराई, नेपाल प्रेस युनियनमा पूर्व अध्यक्ष सोम सुसेली, नेपाली काँग्रेसका सचिव खगेन्द्र देवान, कांग्रेसका महासमिति सदस्य हरि खनाल, पूर्ण चन्द्र गौतम, नेकपा माओवादीका कार्यालय सचिव प्रकाश परियार, प्रमुख जिल्ला अधिकारी खड्कालगायतले दुलालको बारेमा आ–आफ्नो भनाइ राखेका थिए ।
कार्यक्रममा उपस्थित शिवाकोटीले अमर हुनको लागि समाजमा योगदान गर्नुपर्छ भन्दै दुलालको जीवनबाट धेरै कुरा सिक्नुपर्ने बताएका थिए । त्यस्तै नाती माधव चम्लागाँईले बाजे दुलालको प्रेरणाले नै आफू यस स्थानसम्म आइपुगेको बताए ।