४ मंसिर २०७८, शनिबार

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा संकटा क्लबले हिमालयन शेर्पा क्लबसँग बराबरी खेल्दै अंक बाडेको छ । शनिबार (आज) त्रिपुरेश्वरस्थित दसरथ रंगशालामा भएको खेलमा संकटाले हिमालयनसँग १–१ गोलको बराबरी खेलेको हो ।

खेलमा सुरुवाती एक गोलको अग्रता जोगाउन नसकेपछि संकटाले अंक बाड्नु परेको हो । खेलको पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेनन् । त्यस्तै खेलको ६० औं मिनेटमा लक्ष्मण रुचालले गोल गर्दै संकटालाई सुरुवाती अग्रता दिलाए ।

त्यस्तै खेलको ६४ औं मिनेटमा त्रिदेभ गुरुङले गोल गर्दै हिमालयनलाई १–१ गोलको बराबरीमा ल्याए । जीवन गुरुङको क्रसमा त्रिदेभले हेडमार्फत् टप कर्नरमा उत्कृष्ट गोल गरे ।

त्यसपछि दुवै टीमले थप गोल गर्न सकेनन् । आजको खेलमा संकटाका लक्ष्मण रुचाल म्यान अफ द म्याच चुनिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV