४ मंसिर २०७८, शनिबार

काठमाडौं । अर्थमन्त्री एवं माओवादी नेता जनार्दन शर्माले संविधान कार्यान्वयनलाई कमजोर बनाउन खोजिएको कारण नै बलियो गठबन्धन सरकार निर्माण भएको बताए ।

शनिबार माओवादी निकट पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपाल एसोसिएट प्रदेश समितिले काठमाडौंमा गरेको कार्यक्रममा शर्माले संविधान कार्यान्वयनलाई केपी ओलीले कमजोर बनाएका कारण नै बलियो गठबन्धन सरकार निर्माण भएको बताएका हुन् ।

उनले मुलुकमा राजनीतिक स्थायीत्व कायम गर्न र संविधानलाई सही ट्रयाकमा ल्याउन माओवादी र माओवादी अध्यक्ष प्रचण्डले नेतृत्वदायी भूमिका खेलेको जिकिर गरे ।

शर्माले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, संविधानको कार्यान्वयन र मुलुकको समृद्धि नै गठबन्धनको साझा कार्यक्रम भएको बताए । उनले मुलुक संघीयतामा गइसकेको अवस्थामा कसैले अब कसैले यसलाई कमजोर पार्न नसक्ने धारणा राखे ।

कार्यक्रममा मन्त्री शर्माले मुलुकमा भएको परिवर्तनलाई जोगाउनका लागि सकारात्मक भूमिका खेल्न सञ्चारकर्मीहरुलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV