४ मंसिर २०७८, शनिबार

रुपन्देही । नेपाली काङ्ग्रेस, रुपन्देहीमा भएको रामचन्द्र पौडेल पक्षमाथिको आक्रमण गृहमन्त्री बालकृष्ण खाणका भाइ रामकृष्ण खाणको निर्देशनमा भएको उक्त पक्षले आरोप लगाएको छ ।

रूपन्देहीको प्रदेश ३ (क) मा भएको कांग्रेस महाधिवेशनको मतगणनाका क्रममा शुक्रबार राति संस्थापन पक्षका युवाहरूको एक समूहले पौडेल पक्षमाथि आक्रमण गरेको थियो । सो क्रममा पौडेल पक्षका ५ जना घाइते भएका थिए, जसमा उक्त पक्षबाट प्रदेश क्षेत्र नम्बर ३ का सचिव पदका उम्मेदवार शैलेश पन्त पनि रहेका छन् ।

शनिबार एक पत्रकार सम्मेलन गर्दै क्षेत्र नं. ३ (क)का उम्मेदवार पुरण श्रेष्ठले गृहमन्त्री बालकृष्ण खाणका रामकृष्ण खाणको निर्देशनमा आक्रमण भएको बताए । रामकृष्ण काङ्ग्रेसको रुपन्देही जिल्ला सचिव हुन् ।

LIVE TV