४ मंसिर २०७८, शनिबार
  • कृष्ण कन्दङ्वा लिम्बू

काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही सम्मानित भएकी छन् । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले शनिबार एक कार्यक्रमकाबीच काठमाडौंमा सम्मान गरेको हो ।

शाहीकाे कफतानीमा ढाकामा सम्पन्न प्रथम इभीसी एशियन सेन्ट्रल जोन महिला भलिबल प्रतियोगितमा स्वर्ण पदक र २०७६ मंसिर १५ गतेदेखि २४ गतेसम्म १३ औँ भएकाे सागमा नेपाललाई एेतिहासिक रजत जिताउन सफल भएको भन्दै प्रतिष्ठानले सम्मान गरेको हो ।

सम्मान स्वरुप कप्तान शाहीले नगद ५० हजार प्राप्त गरेकी छन् । यो सम्मानको भागेदार आफू एक मात्रै नभइ सम्पूर्ण भलिबल टोली भएको कम्तान शाहीले बताइन् ।

यस्ता सम्मानले नेपाली महिला राष्ट्रिय भलिबल टोलीलाई अघि बढाउन हौसला मिलेको बताइन् ।

राष्ट्रिय भलिबल टोलीका लागि अझै मेहनत गर्ने उनले प्रतिबद्धतासमेत गरिन् ।

तस्बीर : महेश्वर के.सी. न्यूज २४

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV