४ मंसिर २०७८, शनिबार
  • कृष्ण कन्दङ्वा लिम्बू

काठमाडौं । वसन्तपुर मन्दिर प्राङ्गणमा कुमारी पूजा अर्थत ‘कन्या पूजा’ धुमधामका साथ मनाइएको छ । शनिबार एक कार्यक्रमको आयोजना गरि १०८ कन्या नानीहरलाई भेला गराई धुमधामका साथ पूजा गरिएको हो ।

कुमारी पूजा विषेशगरी नेवारी समुदायको पनि शाक्य जातिमा प्रचलित रहेको छ । तर यो वर्षको कुमारी पूजामा फरक ढंगले मनाइएको आयोजक इनर वील क्लव अफ कीर्तिपूरकी सचिव सोनिया केसीले बताउनुभयो ।

यो वर्षको कुमारी पूजामा विभिन्न जाति र धर्मका कुमारी नारीहरुलाई पनि कार्यक्रममा सहभागी गराइएको उहाँको भनाइ छ । विगतमा नेवार समुदायका नानीहरुलाई मात्रै समावेश गरिएकोमा यो पटक भने अन्य संस्था, समुदाय र विद्यालयका नानीहरुलाई पनि पूजामा समावेश गरिएको उहाँको भनाइ छ ।

‘विगतमा हामीले नेवारीको पनि शाक्य जातिकालाई मात्रै कुमारी पूजा गराउथौँ । तर यो वर्ष हामीले बिशेष पूजा भनेर माइती नेपालका नानीहरु, अपाङ्ग केन्द्र, तारा फाउण्डेशन, अन्य विभिन्न विद्यायलका र परिवारमा आफन्त नभएकाहरुलाई पनि हामीले पूजामा समावेश गराएका छौँ,’ उहाँले भन्नुभयो ।

त्यस्तै कार्यक्रम संयोजक सहान आमात्यले कन्या पूजा परम्परागत पूजा भएको बताउनुभयो । यद्यपि यो पटक भने सबैजसो जाति, धर्म, विपन्न परीवारका नानीहरुलाई पनि पूजामा सहभागी गराएर विशेष बनाइएको बताउनुभयो । महिलालाई प्राथमिकता दिने पूजाको रुपमा यसलाई लिइने र महिनावारी पूर्वको तयारीका रुपमा बुझ्न सन्देश दिने कार्यक्रम भएको उहाँले बताउनुभयो ।

कुमारी पूजाले नेवार समुदायको संस्कृति जोगाउन सहयोग पुग्ने उहाँले बताउनुभयो । कुमारी घरमा गएर पूजा गर्ने, पूजारीले सबै नानीहरुलाई टीका लगाइदिने हात खुट्टा धोइदिने र सल ओढाइने प्रचलन रहेको छ ।

यो पटकको कार्यक्रम इनर विल क्लव आफ कीर्तिपुर, इनर विल क्लव अफ कीर्तिपूर मेलिनियल्स, इनर विल क्लव अफ टोखा र इनर विल क्लव आफ महालक्ष्मी ललितपुरले आयोजना गरेका हुन् ।

तस्बीर : महेश्वर के.सी.न्यूज २४

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV