४ मंसिर २०७८, शनिबार
  • रामगोपाल तमखु

भक्तपुर । भक्तपुरको सल्लाघारीमा रहेको दुवाल आर्ट एण्ड हेन्डिक्राफ्ट उद्योगबाट ढलौटको करुवा बनाउने कच्चा पदार्थ र बन्दै गरेको ढलौटको सामानहरु २०७८ मंसिर १ गते चोरी भएको थियो ।

महानगरिय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले अनुसन्धान गर्दै जाँदा २०७८ मंसिर ०२ गते राजु गिरी र बैंकटस गिरी समेत २ जनाले चोरी गरी काठमाण्डौ वडा नं.९ सिनामंगल स्थित मुन्ना साहले संचालन गर्दै आएको बवाडी पसलमा बेचबिखन गरेको खुल्न आएको परिसरले जनाएको छ ।

नारद साहले उक्त चोरीको सामान बेचबिखन गर्न मुन्ना साहको सहयोगीको रुपमा काम गरिरहेको पनि अनुसन्धानको क्रममा खुल्न आएको हुँदा चोरी गरी लगेको ढलौटको करुवा समेत बरामद गरी चोरी गर्ने र चोरीको सामन किन्ने समेत ४ जनालाई पक्राउ गरि २०७८ मंसिर ०३ गते भक्तपुर जिल्ला अदालतमा चोरी मुद्धामा पेश गरी ५ दिनको म्याद थप गरि थप अनुसन्धान भइ रहेको महानगरिय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

पक्राउ परेका चारी गर्ने ब्यक्तिहरु काठमाडाैँ महानगरपालिका वडा नं.९ सिनामंगल बस्ने बर्ष १८ को राजु गिरी, ऐ.ऐ.घर भई ऐ.ऐ. बस्ने बर्ष १८को बैंकटेस गिरी र चोरीको सामान किन्ने भारतको मोतिहारी घर भई हाल काठमाडाैँ वडा नं. ३२ बानेश्वर बस्ने बर्ष ३०को मुन्ना साह, ऐऐ घर भई ऐऐ बस्ने बर्ष ३५को नारद साह हुन् ।

उनीहरुबाट बरामद भएका सामानहरु ढलौटको करुवा, ढलौटको कच्चा पदार्थ सहित करिव २००किलो बराबरको सामान बरामद भएको परिसर भक्तपुरका सूचना अधिकारी डिएसपी दिपक गिरीले बताउँनु भयो ।

LIVE TV