४ मंसिर २०७८, शनिबार
  • रामगोपाल तमखु

भक्तपुर । टिपरलाई ओभरटेक गर्न खोज्दा मोटर साईकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । शुक्रबार राति १ः३५मा अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको सुर्यविनायक, भुलाँचा चोकमा मोटर साइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।

जगातीबाट काठमाडौँ तर्फ जाँदै गरेको मोटरसाइकल भुलाँचा चोकमा सोही दीसाबाट काठमाडौँ तर्फ जादै गरेको टिपरलाई दाहिने तर्फबाट ओभरटेक गर्ने क्रममा बीचको डिभाइडरमा ठोकिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल टिपर तर्फ पल्टिन गई चालक टिपरको पछाडीको चक्कामा परेर गम्भीर घाईते र उनको उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ ।

बाग्मती प्रदेश ०२–०३० प ०१६८ नं.को मोटरसाइकल चालक काभ्रे रोशी गाउँपालिका ३ घर भई हाल काठमाडौँ कलंकी बस्ने बर्ष २२को मिलन तामाङ गम्भीर घाईते भएको तामाङलाई तत्काल प्रहरीले उपचारको लागि भक्तपुर अस्पताल लगेको र राति २ बजे मृत्यु भएको महानगरिय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

प्रदेश नं. ३–०१–००३ क ७८५१ न्ां.को टिपर चालक काभ्रे मण्डनदेउपुर नगरपालिका १० घर भई हाल काठमाण्डौ चाबहिल बस्ने बर्ष २८को सोम बहादुर लामालाई महानगरीय प्रहरी वृत जगातीमा राखि थप अनुसन्धान भई रहेको परिसरले जनाएको छ ।

 

LIVE TV