४ मंसिर २०७८, शनिबार

रौतहट । नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा प्रदेश नम्बर २ को अपाङ्ग आरक्षण कोटाबाट प्रदेश सदस्य पदमा रौतहटका नितेश गुप्ताले उम्मेदवारी घोषणा गरेका छन् ।

नेपाली राजनीतिमा युवा पुस्ताको सहभागिता र समृद्धि सहित आमूल परिवर्तनका निम्ति सधै निरन्तर लागिरहने प्रतिबद्धता जनाउँदै गुप्ताले उम्मेदवारी घोषणा गरेका हुन् । नेपाली काँग्रेसको सक्रिय राजनीति मात्र नभएर गुप्ता सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय छन् ।

वि.सं. २०६२ साल रौतहट अपाङ्ग संघ जिल्ला अध्यक्ष भएका उनले २०६९ सालमा राष्ट्रिय अपाङ्ग कोष सदस्य भएर कार्यक्षमता देखाइरहेका छन् । २०७० सालमा सो कोषको कार्यवाहक सभापतिको रूपमा काम गरेका उनले २०७१ मा सभापति भ‌एका थिए । उनी नेपाली काँग्रेसका भातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको चौथौं अधिवेशन बाट जिल्ला सभापतिमा निर्वाचित भ‌एर अपाङ्गताको हकहितका लागि सक्रिय रहँदै आएका छन् ।

आफु नेपाली काँग्रेसको नेतृत्वका हरेक आन्दोलन एवम सबै कार्यक्रम सकृय भुमिका खेल्दै आएको र नेपाली काँग्रेसलाई सबैभन्दा ठुलो दल बनाउन आफू निरन्तर लागिरहने उनको भनाइ छ । प्रदेश अधिवेशनबाट सबैको साथ सहयोगबाट आफु विजयी हुने उनले विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV