४ मंसिर २०७८, शनिबार

काभ्रे । नेपाल साहित्यिक पत्रकार सङ्घको चौथो राष्ट्रिय महाधिवेशन बनेपामा सम्पन्न भएको छ ।

शुक्रबार बनेपा घोषणा पत्र जारी गर्दै सम्पन्न भएको सो महाधिवेशनले ३५ सदस्यीय केन्द्रीय समिति समेत निर्विरोध निर्वाचित गरेको छ । समितिको अध्यक्षमा साहित्यिक पत्रकार तथा जनमत पत्रिकाका प्रधान सम्पादक मोहन दुवाल चयन भएका छन् ।

समितिको वरिष्ठ उपाध्यक्षमा वियोगी बुढाथोकी, उपाध्यक्षमा रामप्रसाद पन्त, नवराज पुडासैनी, बालिका गिरी र गङ्गा सुवेदी र महासचिवमा चेतनाथ धमला तथा उपमहासचिवमा नवराज रिजाल रहेका छन् । यसैगरी सचिवमा होमशङ्कर बास्तोला र लक्ष्मी भट्टराई तथा कोषाध्यक्षमा सूर्यप्रसाद लाकोजू रहेका छन् ।

यो संघको स्थापना वि. सं. ०६३ सालमा भएको थियो । हाल यसका केन्द्रीय सल्लाहकारमा रोचक घिमिरे, नगेन्द्रराज शर्मा, मातृका पोखरेल, नरेन्द्रबहादुर श्रेष्ठ लगायत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV