३ मंसिर २०७८, शुक्रबार

काठमाडौँ । पिरिम नलाउने, एक कान दुई कान मैदान, गलबन्दी पछ्यौरीलगायतका हिट गीतका गायक आशिष सचिन गौतमको नयाँ ‘गीत झ्याई झ्याई पञ्चे बाजाले’को भिडियो सार्वजनिक भएको छ ।

गायिका ऋतिका श्रेष्ठ र गायक आशिष सचिनको स्वर रहेको गीतको भिडियो शुक्रबार राजधानीमा एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो । मंसिर महिना अझ त्यसमा पनि विवाहको मौसम सुरु भएसँगै गायक आशिषले बजारमा ल्याएका यस गीतले विवाहको सिजनमा थप रौनकता थपेको छ ।

सार्वजनिक गीतमा गीतकार महेश आचार्यका शब्द सिर्जनामा एसडी योगीको संगीत सृजना रहेको छ । बियोन्डको कन्सेप्ट रहेको भिडियोमा रमाइलोमा नै प्रेममा परेका तर विदेश जान बाध्य एक प्रेम जोडीको कथालाई लोकप्रिय निर्देशक कविराज गहतराजले निर्देशन गरेका हुन् ।

रमाइलो शैलीको डान्सिङ गीतमा नेस स्टुडियोका कलाकार तथा संगीतकर्मीहरुले फरकपन दिएका छन् । एसडी योगी र ब्रिजेश श्रेष्ठको बिट रहेको गीतको भिडियोको प्रिमियर कार्यक्रममा बोल्दै गायक तथा मोडल आशिषले राम्रो टिमवर्क भएको र नेस स्टुडियोका संगीतकर्मीहरुसँगको काम निकै चित्त बुझ्दो भएको बताए ।

साथै फरक जनराका संगीतकर्मीहरुसँग काम गर्न पाउनु आफ्ना लागि सौभाग्य भएको उनले बताए । त्यस्तै नायिका तथा मोडल आँचलले राम्रो टिमवर्क भएका कारण भिडियो राम्रो बनेको बताइन् ।

सो अवसरमा एसडी योगी र ब्रिजेश श्रेष्ठले आँफूहरुले फरक जनरामा काम गर्दा निकै रमाइलो भएको अनुभव सुनाए । भिडियोमा आशिष र आँचलका अलावा जेरी भणडरीको पनि अभिनय रहेको छ ।

भिडियोमा सुप्रिम पराजुलीको सम्पादन तथा नवराज उप्रेतीको छायांकन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV