३ मंसिर २०७८, शुक्रबार

काठमाडौं । केन्द्रीय राजधानी काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगा सडकखण्ड एकतर्फी अवरूद्ध भएको छ ।

शुक्रबार अपरान्ह ५ बजेदेखि नागढुंगा सडकखण्ड एकतर्फी अवरूद्ध भएको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी जनक भट्टराइले बताए ।

चन्द्रागिरी–२ स्थित नागढुंगाको नाग मन्दिर नजिकै सडकछेउको नालीमा १८ चक्के ट्रक खसेको एसएसपी भट्टराईले जानकारी दिए ।

नालीमा १८ चक्के ट्रक खसेपछि एकतर्फी बाटो अवरूद्ध भएको हो । महानगरीय प्रहरी बृत्त थानकोट र ट्राफिक प्रहरीले सडक खुलाउन पहल गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV