३ मंसिर २०७८, शुक्रबार

काठमाडौं । नेपालका सक्षमविक्रम शाह र सुनिरा थापाले काठमाडौं÷एसियन यु–१४ र्‍याङकिङ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट–१ को सिंगल्समा शुक्रबार स्वर्ण जितेका छन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा भएको ब्वाइज फाइनलमा सक्षमले भारतका सिद्धार्थ जिबुलाई ६–२ र ६–१ को सोझो सेटमा पराजित गरे । नेपालका दर्शिल श्रेष्ठ र आयुशमान हजुर घले तेश्रो भए ।

नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगिताको गल्र्स फाइनलमा सुनिराले नेपालकी प्रशंसा मोक्तानलाई ६–१ र ६–२ को सीधा सेटमा हराए । नेपालकी शिभाली गुरुङ तथा नेपालकी इभा अधिकारीले तेश्रो स्थानमा चित्त बुझाए ।

त्यसअघि डबल्सको ब्वाइजमा नेपालका सक्षमविक्रम शाह र आयुशमान हजुर घले तथा गल्र्समा सुनिरा थापा र प्रशंसा मोक्तानको जोडी पहिलो भएका थिए ।

विजेतालाई नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणा, उपाध्यक्ष केशवराज पाण्डे र महासचिव मनोहरदास मुलले एक कार्यक्रमबीच पुरस्कृत गरे । प्रतियोगिताअन्तर्गत सर्किट–२ का खेलहरु सोमबारदेखि सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV