३ मंसिर २०७८, शुक्रबार
  • तारा आचार्य,

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५८ जनामा कोरोना संक्रमण भएको छ । ३७४ जनाको पीसीआर परीक्षण गर्दा ४९ र ८७ जनाको एन्टिजेन परीक्षण गर्दा ८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २३, मोरङमा २२, सुनसरीमा ३ र प्रदेश १ बाहिरका १ जनामा संक्रमण देखिएको हो ।

झापाको दमकमा ७, भद्रपुर र अर्जुनधारामा ४–४, विर्तामोडमा ३, मेचीनगर र कमल गाउँपालिकामा २–२, गौरादहमा १, मोरङको विराटनगरमा १९, उर्लाबारीमा २ र सुनबर्षीमा १, सुनसरीको धरानमा २, इटहरीमा १ र प्रदेश १ बाहिरका १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ४० जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १९ महिला र २१ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

LIVE TV