३ मंसिर २०७८, शुक्रबार

काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टिमले भारतमा आयोजना हुने फोर नेसन्स महिला फुटबल प्रतियोगिता खेल्ने पक्का भएको छ ।

आगामी डिसेम्बर ९ देखि २१ सम्म हुने प्रतियोगितामा नेपाल र भारत बाहेक भाग लिने अन्य दुई टिम भने पक्का भइसकेको छैन ।

उक्त प्रतियोगितामा नेपालले भाग लिने पक्का भएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको हो । एसिया कपको तयारीमा रहेको भारतले घरेलु मैदानमा प्रतियोगिता आयोजना गर्दैछ ।

पछिल्लो समय नेपालले एएफसी एसिया कप छनोट खेलेको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV