३ मंसिर २०७८, शुक्रबार
  • सुशीलबाबू थकाली

मुस्ताङ । हिमाल पारीको जिल्ला मुस्ताङको थासाङ गाउँपालिकाको केन्द्र विवाद अझै कायम रहँदा जनता आक्रोशित बनेको छन् । स्थानीय तहको चुनाव भएको यतिका वर्ष वित्दा पनि केन्द्र विवाद रहिरहँदा स्थानीय आक्रोशित बनेका हुन् ।

जिल्लाको पाँच स्थानीय निकाय मध्यको एक थासाङ गाउँ पालिका केन्द्र विवादले स्थानीय बासिन्दालाई समेत गिज्याइरहेको छ ।

स्थानीय निकायको निर्वाचन भएको पाँच बर्ष बितिसक्दा पनि केन्द्रलाई विवादिद बनाइराख्दा प्रशासनिक समस्या झन् जटिल बनेको छ ।

अब स्थानीय चुनाव आउन र निर्वाचित जनप्रतिनिधिहरुको कार्यकाल सकिन करिब पाँच महिना बाँकी जस्तो रहदा समेत थासाङ गाउँ पालिका केन्द्रलाई मुद्दा परेको भन्दै सम्बन्धित निकायलेनै आलटाल गरिबस्दा थासाङ गाउँ पालिकाको प्रशासनिक भवन निर्माण समेत अधुरो भएको हो ।

जिल्लाको पाँच स्थानीय निकायमध्य घरपझोङ गाउँ पालिका, वारागुँ मुक्तिक्षेत्र गाउँ पालिका, लोमान्थाङ गाउँ पालिका र लो(घेकर दामोदरकुण्ड गाउँ पालिकाले आफ्नो प्रशासनिक भवन निर्माण कार्यलाई तीव्रता दिइसक्दा पनि थासाङ गाउँ पालिकालाइ भने विभिन्न राजनैतिक तवरबाट बाधा अड्चन भएको भन्ने बुझिन्छ ।

यसैको फलस्वरूप मुस्ताङको पाँच वटा स्थानीय निकाय मध्यको थासाङ गाउँ पालिकामा प्रशासनिक भवन नबन्दा स्थानीयहरु आक्रोशित बनेका छन्, पाँच बर्से कार्यकाल बितिसक्दा पनि जिम्मेवार ब्यक्तिहरु लाचार बन्दा अहिलेसम्म प्रशासनिक भवनको कार्यले निरन्तरता पाउन नसकेको आन्दोलन समितिका संयोजन कृष्णकुमार शेरचनले बताए । थासाङ गाउँ पालिकाकी उप( प्रमुख बालकुमारी शेरचनलाइ ज्ञापन पत्र बुझाउँदै शेरचनले भने- थासाङ गाउँ पालिकाको केन्द्र वडा नं -२ नै भनेर राजपत्रमा अङ्कित भएर आउदा समेत सरोकारवाला निकायले यस विषयलाई त्यसै बिबादित बनाउन खोजेको शेरचनको ठम्याइ छ ।

केन्द्रको समस्या टुङ्गो लागेतापनी प्रशासनिक भवन निर्माण कार्यलाई विभिन्न समयहरुमा अवरोध भने भैरहने गरेको शेरचनले बताए, उनले भने-यसरी प्रत्येक पटक अवरोध सिर्जना गर्दा दैनिक जसो हुने प्रशासनिक काम कारवाहिमा समेत अप्ठ्यारो हुने गरेको छ ।

प्राकृतिक सुन्दरताले भरिपूर्ण मानिने वडा नं- २ मा नै थासाङ गाउँ पालिकाको केन्द्र हो भनेर राजपत्रमा अङ्कित भैसकेको सबैलाई अवगत हुँदा समेत सम्बन्धित निकाय कानमा तेल हालेर बस्दा अहिले यो समस्या खेप्नुपरेको शेरचनले बताए ।

लामो समयदेखिको केन्द्र विवादले आम सरोकारवाला निकाय, जिम्मेवार व्यक्तिहरु, राजनैतिक दलहरु र जन प्रतिनिधिहरुलाइ समेत चुनौतीको विषय थपिएको छ । आफ्नै गाउँ पालिकाको नकारात्मक सन्देश सर्वब्यापी हुँदा समेत उनीहरु एकले अर्काको मुख ताक्ने गरेको शेरचनले बताए, उनले भने- हामी आफ्नो ठाउँको हितका लागि सकारात्मक पहल जे पनि गर्न सक्छौं ।

तर यसलाई राजनैतिक तवरले विवाद बनाइदा अहिले जनप्रतिनिधिहरु बिचमै अन्यौल छाएको प्रष्ट हुन्छ । त्यसैले कानुनी रूपमा यस विषयलाई अनिर्णयको बन्दी बनाउन नहुने समेत शेरचनले बताए ।

यसलाई शान्तिपूर्ण तवरले निकास खोज्ने समेत आन्दोलन समितिका संयोजक कृष्णकुमार शेरचनको धारणा रहेको छ । तर जनताको माग सम्बोधन भएन भने मंसिर १२ गतेबाट कडा आन्दोलन गर्ने शेरचनले बताए, उनले भने, ‘यस कार्यको लागि कानुनी रुपमै मार्ग प्रशस्त छन् । त्यसैले जबसम्म माग सम्बोधन हुँदैन तबसम्म आन्दोलन जारी नै रहेने शेरचनले बताए ।’

यसैगरी थासाङ बिकास मञ्चका सदस्य डाक्टर सुरेन्द्र शेरचनले थासाङ गाउँ पालिकाको केन्द्र कोबाङ हो भनिसक्दा पनि मुद्दाको बाहना गरेर यश विषयलाई अड्काउन खोजेको बताए । चुनाबी एजेन्डा बोकेर घरदैलो गर्नेबेला राखेका बाचाहरु भुलेर अहिले जनताको मर्म विपरित लागेको उनले बताए, उनले भने, ‘यसमा जनप्रतिनिधि स्वयं उत्तरदायी नभएर यो समस्या उत्पन्न भएको हो । जग्गा समेत उपलब्ध भएर यत्तिका समय बितिसक्दा पनि प्रशासनिक भवनको जग हाल्ने काम समेत नहुनु लज्जास्पद विषय भएको शेरचनको ठम्याइ छ ।’

यता ज्ञापन पत्र बुझ्दै थासाङ गाउँ पालिकाकी उप- प्रमुख बालकुमारी शेरचनले यथासक्य माग सम्बोधन हुनेमा विश्वस्त हुन अनुरोध गरिन । ज्ञापन पत्र बुझ्दै शेरचनले यो समग्र थासाङ गाउँ पालिकाको समस्याको विषय भएको बताइन्, उनले भनिन्, हामी यसैको लागि अहोरात्र खटिरहेका छौँ । बिगत साडे चार बर्ष लामो समयावधि हाम्रो लागि चुनौतीपूर्ण रह्यो । कहिले केन्द्र विवाद त कहिले राजनैतिक बाधा अड्चन । यसमा हाम्रो सहानुभूति प्रकट गर्ने कुनै अनुकूल समय भएन ।

यद्यपि हामी आम जनताको लागि धेरै सकारात्मक कामहरू पनि गरेका छौँ शेरचनले बताइन्, उनले भनीन( अब प्रशासनिक भवन निर्माण सँगसँगै जनताको माग पनि सम्बोधन हुनेछ । यसअघि हामीसँग भवन निर्माणको लागि उचित जग्गा थिएन, अहिले जग्गा समेत उपलब्ध भैसकेको उनले बताइन् । अब जनताको आक्रोशलाई मध्यनजर गर्दै चाँडैनै भवन निर्माणको लागि उचित समय मिलाएर बैठक आयोजना हुने र आम थासाङ बासिको मागहरु समेत सम्बोधन हुने उनले बताइन् ।

LIVE TV