
- महेश्वर के.सी.
काठमाडौं । विश्वका ४३ भन्दा बढी देशका युवाहरुको प्रत्यक्ष सहभागिता रहने ग्लोबल युथ लिडरसीप समिट २०२१ शुक्रबारदेखि काठमाडौंमा सुरु भएको छ ।
ग्लोबल युथ पार्लियामेन्ट आयोजनामा हुने सम्मेलनको उपराष्ट्रपति नन्दबहादुर पुनले राष्ट्रिय सभागृहमा विशेष समारोहबीच उद्घाटन गरेका छन् ।
सम्मेलनमा सहभागि हुन ४३ देशका १ सयभन्दा बढी युथ लिडरहरु काठमाडौं आएका छन् ।
सोमबारसम्म चल्ने सम्मेलनमा प्रत्यक्ष र भर्चुअल माध्यमबाट विश्वका ८० भन्दा बढी देशका ४ सय बढी युथ लिडरहरु सहभागि रहेका छन्