३ मंसिर २०७८, शुक्रबार
  • राम गोपाल तमखु

भक्तपुर । आज पुर्णिमा (नेपाल भाषामा सकिमना पुन्हिँ) भक्तपुरमा नसा ब्वज्या हेर्नेको भीड लाग्ने दिन हो । आज भक्तपुरमा बिभिन्न टोल चोकहरुमा ‘नसा ब्वज्या’ अर्थात अन्नबाट (भुतेको गहुँ, भटमास, मकै, ठुलो केराउ, सखरखण्ड, पिडालु, माल्पाबाट नेपाली सँस्कृति झल्किने देवी देवता, मन्दिर, रथको चित्र बनाएर प्रदर्शन गरि भजन कित्र्तन गरेर बस्ने गरिन्छ ।

भक्तपुर नगर भित्र हरेको टोल चोकहरुमा आजको यो दृश्य हेर्न स्थानिय तथा बाहिरिय पर्यटकहरुको भिड लाग्ने गर्छ ।

साँझपख मात्र गर्ने परम्परा रहेतापनि आज भोली पर्यटकलाई मध्यनजर गरि बिभिन्न ठाउँहरु जस्तै बाराही स्थान, कमलबिनायक यातु महादेब स्थानमा दिउसै प्रदर्शन गर्ने चलन बसालेको छ ।

आज बिशेष महादेव दर्शण गरिन्छ । भक्तपुरका भक्तजनहरु आशापुर महादेव, यातु महादेव, डोलेश्वोर महादेव ,चाँगु नारयण मन्दिरहरुमा दर्शन गर्नजाने चलन छ । बिहान पिँडालु ,सखरखण्ड, गहुँ ,भटमास ,मकै भुटेर मन्दिरमा चढाएर खाने गरीन्छ भने साँझ प्रत्येक टोल टोलमा मन्दिरको अगाडी पिँडालु ,सखरखण्ड,पुरी, मालपा, गहुँ ,भटमास ,मकैले बिभिन्न देवी देवता र मन्दिरहरुको चित्र बनाई प्रदर्शण गरिन्छ ।

यस्तो प्रकारको कार्यलाई नेपाल भाषामा “नसा ब्वोज्या” भने गरीन्छ । करीव ४,५ घण्टाको प्रदर्शण पछि भजन किर्तन सकाएर यी खानेकुरा सबै मिसाई टोलमा सबैलाई प्रसाद दिने चलन छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV