३ मंसिर २०७८, शुक्रबार
  • रमेश अधिकारी,

सर्लाही । नेकपा (माओवादी केन्द्र) निकट प्रेस सेन्टर नेपाल सर्लाहीको अध्यक्षमा शंखर पहाडी (गौरब) चयन भएका छन् । शुक्रबार (आज) सर्लाहीको बागमतीमा भएको ऐतिहासिक प्रथम जिल्ला अधिवेशनले गौरबको अध्यक्षतामा २५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत घोषणा गरेको हो ।

प्रथम जिल्ला अधिवेशनबाट उपाध्यक्षमा शर्मिला रमौली खुल्ला तर्फबाट र राजेश थापा समावेशी तर्फबाट सचिवमा रमेश अधिकारी (रितिक), सह सचिवमा राधेश्याम कुशवाह, खुल्लाबाट र विनु जिम्वा समावेशीबाट, कोषाध्यक्षमा दुर्गा कुमारी अधिकारी सर्वसम्मत चयन भएका प्रेस सेन्टर नेपाल सर्लाहीका सचिव अधिकारीले जानकारी दिए ।

त्यसैगरी निकिता आस्थानी मगर, तिलक कार्की, स्वस्तीका दाहाल, गणेश खड्का, राजेश थापा, विमल नगरकोटी (अभिषेक), ज्योती लामा, घनश्याम बलम्पाकी, चन्द्र जिम्वा, रामनारायण साह, रोहित पटेल, मोहन नेपाल, असोज यादव, सरोज यादव, जितेन्द्र कुशवाह, हरि निरौला र मुशेक मिश्र सदस्यहरूमा चयन भएका छन् ।

त्यसैगरि केन्द्रीय अधिवेशन प्रतिनिधिको लागि भक्ति रिजाल र प्रेमनाथ पौडेल तथा प्रदेश प्रतिनिधिका लागि विमल नगरकोटी (अभिषेक) र प्रेमनाथ पौडेल सर्वसम्मत सिफारिस गरिएको प्रेस सेन्टर नेपाल सर्लाहीले जनाएको छ ।

प्रेस सेन्टर नेपाल प्रदेश २ का संयोजक किरण कर्ण र नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति संयोजक कमल बुढाथोकीको उपस्थितिमा भएको अधिवेशनको भक्ती रिजालले अध्यक्षता गरेका थिए ।

प्रथम जिल्ला अधिवेशनमा नेकपा (माओवादी केन्द्र) सर्लाहीका नेता तथा बागमति नगरपालिकाका नगर प्रमुख भरत थापा, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य जनार्दन पोख्रेललगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

नवनिर्वाचित अध्यक्ष गौरबले आफ्नो नेतृत्वको संगठनले सक्रिय र श्रमजीवि पत्रकारहरुको हकहितका लागि काम गर्ने बताए । उनले जिल्लामा कार्यरत पत्रकारहरुको वृति विकासमा प्रेस सेन्टर नेपालले महत्वपूर्ण भूमिका निर्वाह गर्ने साथै पत्रकारितालाई सभ्य र अनुशासित बनाउन भूमिका खेल्ने प्रतिबद्धता जनाए ।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल पत्रकार महासंघ सर्लाहीले जिल्लाका सक्रिय पत्रकारहरुलाई उपेक्षा गरेको बताउँदै अब त्यस्ता पत्रकारहरु एकीकृत भएर पत्रकार महासंघको विरुद्धमा गोलबद्ध भएर लाग्नुपर्ने अवस्था सिर्जना भएको बताए ।

उनले पेशागत रुपमा जुनसुकै पार्टीको सदस्यता लिएको भएपनि आफूले चलाउने कलमले पार्टीगत आस्था नलेख्न र आफूले पनि पार्टीको गन्ध आउने गरि कलम नचलाउने पनि बताए ।

साथै नेपाल पत्रकार महासंघ सर्लाहीले जिल्लाका धेरै सक्रिय पत्रकारहरुलाई समावेश गर्न नसकेको बताउँदै अबको नेपाल पत्रकार महासंघ सर्लाहीको निर्वाचनमा प्रेस सेन्टर नेपालले त्यस्ता पत्रकारहरुलाई महासंघमा समावेश गराउन सबै शक्तिको प्रयोग गर्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV