३ मंसिर २०७८, शुक्रबार

काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड ल र ु नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

शुक्रबार सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा दुईबीच भएको भेटवार्तामा अमेरिकी सहायता परियोजना मिलेनिय च्लालेन्ज कर्पोरेशन (एमसीसी) सन्दर्भमा कुराकानी भएको छ ।

कुराकानीका क्रममा विदेशमन्त्री लुले एमसीसीबारे पार्टीले के गर्छ भनेर प्रश्न गरेका थिए । प्रश्नको जवाफमा अध्यक्ष ओलीले आफ्नो पार्टीसँग सरकारले एमसीसीबारे कुनै ठोस कुराकानी नगरेको बताएका छन् ।

अध्यक्ष ओलीको भनाई उद्धृत गर्दै एमाले नेता राजन भट्टराईले एमसीसीबारे सत्तासिन गठबन्धनलाई अहिले हाम्रो आवश्यकता नभएको पनि हुन सक्छ, त्यसैले कुनै परामर्श भएन ।

विदेशमन्त्री लुलाई भेटमा अध्यक्ष ओलीले कोरोना महामारीमा भ्याक्सिनलगायत स्वास्थ्य उपकरण दिएर सहयोग पुर्याएको धन्यवाद दिएका छन् । विदेशमन्त्री लूले अध्यक्ष ओलीलाई अमेरिकी सहयोग निरन्तर जारी रहने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV