३ मंसिर २०७८, शुक्रबार

एजेन्सी । विमानस्थलभित्र रक्सीका बोतल बोक्नबाट रोक लगाएपछि एक महिलाले यात्रुलाई भोड्का खुवाएकी छिन् ।

अमेरिकाकाे फ्लोरिडाको मियामी जाँदै गरेकी उक्त महिलाले विमानस्थलमा १०० एमएल भन्दामाथिको रक्सी बोक्न नपाइने नियममा विर्सिए विमानस्थलका सुरक्षाकर्मीले रक्सीको बोतल बोक्न रोक लगाएका थिए ।

ती महिलाले विमानस्थलमा ब्यागेज चेकइनको क्रममा ब्यागेजमा रक्सीको बोतल राख्न बिर्सँदा उक्त हवाईअड्डाका सुरक्षाकर्मीले रक्सीको बोतल बोक्नका लागि रोक लगाएपछि एक महिलाले यात्रुहरुलाई भोड्का ब्राण्डको रक्सी खुवाएकी हुन् ।

ब्याजेगमा रक्सी राख्न विर्सँदा सुरक्षाकर्मीले उक्त बोतल बोक्न नदिँदा उनीसँगे उक्त भोड्कालाई फ्याँक्नु बाहेक अरू कुनै विकल्प छैन थिएन । तर उनले सो भोड्का नफँकेरयात्रुहरुलाई खुवाएको भिडियो अहिले भाइरल भइरहेको छ ।

भिडियोमा चेक-इन मार्फत रक्सी लिनबाट रोकिएका महिलाहरूले अन्य यात्रुहरूलाई भोड्काको बोतलबाट रक्सी पिलाउदै गरेको देखिन्छ ।

घटनाको भिडियो टिकटकमा प्रयोगकर्ता @latinnbella द्वारा पोस्ट गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV