३ मंसिर २०७८, शुक्रबार

एजेन्सी। दुनियाँमा अचम्म अचम्मका घटनाहरु घटेका सुनिन्छन् । यो चाहीँ चीनमा घटेको घटना हो । काङ नामका एक चिनियाँ ग्राहकले सुँगुरको डेढ किलो मासु र साढे तीन किलो प्राउन एकैचोटी खाएपछि रेष्टुरेन्ट मालिकले प्रवेशमा रोक लगाएको बीबीसीले जनाएको छ ।

इन्टरनेटमा काङ्ले आफूले धेरै खानेकुरा खाएको प्रत्यक्ष प्रसारण गरेका थिए । त्यसपछि रेष्टुरेन्ट मालिकले ती व्यक्तिले धेरै खाएको भन्दै रेष्टुरेन्ट प्रवेशमा पूर्ण प्रतिबन्ध लगाएको छ ।

हुनान टीभीसँग दुई पटक खाएपछि निश्चित पैसा तिरेर पेटभरि खान पाइने बताए पनि हान्डाडी सीफूड बीबीक्यू बफ रेस्टुराँले भने आफूलाई धेरै खाएकोमा प्रतिबन्ध लगाएको उनले बताएका छन्।

उनले पहिलो पटक डेढ केजी सुँगुरको मासु र दोस्रो पटक साढे तीनदेखि चार केजी प्राउन खाएको बताएका छन्।

काङले सो रेस्टुराँले धेरै खाने मानिसप्रति ‘भेदभावपूर्ण’ व्यवहार गरिएको पनि बताएका छन्।
उनले भनेका छन्, ‘म धेरै खान सक्छु, के त्यो मेरो गल्ती हो ?’

यसैगरी उनले आफूले खानेकुरा खेर नफालेको बताएका छन् भने रेस्टुरेन्ट मालिकले उक्त टिभीका संवाददातालाई काङले आफूलाई टाट पल्टाउन खोजिरहेको आरोप लगाएका छ ।

रेष्टुरेन्ट मालिकका अनुसार काङ आफ्नो होटेलमा खान आउँदा प्रत्येक पटक सयौँ युआन घाटा हुन्छ । काङले रेष्टुरेन्टमा आउँदा भटमासको २०÷३० बोतल दूध , सुँगुरको मासु खाँदा पूरै ट्रे, प्राउन खाँदा पनि ट्रे नै लिने गरेको ती रेष्टुरेन्ट मालिकको भनाइ छ ।

काङजस्तै आफ्नो रेस्टुरेन्टमा धेरै खाँदे इन्टरनेटमा प्रत्यक्ष प्रसारण गर्ने सबैलाई प्रतिबन्ध लगाएको ती रेष्टुरेन्ट मालिकले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

LIVE TV