३ मंसिर २०७८, शुक्रबार

तेह्रथुम । गोरुले कुल्चिँदा तेह्रथुममा एक वृद्धाको ज्यान गएको छ । जिल्लाको छथर गाउँपालिका ३ पन्चकन्यामा बिहीवार दिउँसो करिब ३ बजेतिर गोरुले कुल्चिँदा ८८ बर्षाका भुवानिमाया लिम्बूको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय तेह्रथुमका अनुसार बिक्रीका लागि लगिँदै गरेको गोरुले ती वृद्धालाई कुल्चिएको थियो । घाम ताब्दै बसेकी वृद्धालाई एक्कासी गोरुले कुल्चिँएको स्थानीयको भनाइ छ ।

मृतक वृद्धाको पोष्टमार्टमसमेत भइसकेको प्रहरीले जनाएको छ ।

LIVE TV