२ मंसिर २०७८, बिहीबार

एजेन्सी । पाकिस्तानले कट्टरपन्थी इस्लामवादी नेता साद हुसेन रिजवीलाई रिहा गरेको छ। केही हप्तादेखि चलिरहेको विरोध प्रदर्शन र तनाव अन्त्य गर्नका लागि ए–लब्बैकसंगको सम्झौतापछि उनलाई रिहा गरेको हो ।

एक सरकारी प्रवक्ताले भने, साज रिजवीको नाम चरमपन्थीहरूको निगरानी सूचीबाट हटाइएपछि लाहोरको जेलबाट रिहा गरिएको छ। साद रिजवीलाई उनका समर्थकहरूले तहरीक–ए–लब्बैकको मुख्यालयमा स्वागत गरे ।

यस वर्ष अप्रिलमा, तहरीक–ए–लब्बैकद्वारा आयोजित सरकार विरोधी प्रदर्शन हिंसात्मक भएपछि साद रिजवी र उनका धेरै समर्थकहरूलाई गिरफ्तार गरिएको थियो। सो हिंसाका क्रममा भीडले एक प्रहरीलाई कुटपिट गरी हत्या गरेको थियो ।

रिजवीलाई पक्राउ गरेपछि देशका धेरै भागमा तनाव बढेको थियो र उनको रिहाइको माग पनि चर्किन थालेको थियो ।

प्रहरीले साद रिजवी लगायत तहरीक–ए–लब्बैक पाकिस्तान पार्टी (टीएलर्पी) का धेरै नेताहरूविरुद्ध आतंकवाद विरोधी ऐन अन्तर्गत मुद्दा दर्ता गरेको थियो।

तहरीक–ए–लब्बैकलाई पाकिस्तान सरकारले प्रतिबन्धित संगठनको सूचीमा समावेश गरेको थियो तर अब उक्त संगठनको नाम यस सूचीबाट हटाइएको छ। यससंगै संगठनका सयौं समर्थकलाई पनि रिहा गरिएको छ ।

तहरीक–ए–लब्बैकले फ्रान्सेली पत्रिकामा पैगम्बर मुहम्मदको कार्टुन प्रकाशित गरेकोमा देशमा उपस्थित फ्रान्सेली राजदूतलाई देश निकाला गर्न माग गरेको छ।

यस वर्ष अक्टोबरमा पाकिस्तान सरकार र तहरीक–ए–लब्बैकका नेताहरूबीच लाहोरदेखि इस्लामावाद लङ मार्चको सम्बन्धमा सम्झौता भएको थियो।

यसै महिना सहमति भएपछि पाकिस्तानका केन्द्रीय गृहमन्त्री शेख रसिद अहमदका अनुसार पञ्जाबको प्रान्तीय सरकारको सिफारिसमा केन्द्र सरकारले टीएलपीमाथि प्रतिबन्ध लगाएको थियो र पञ्जाब सरकारले निर्णय परिवर्तन गरेपछि केन्द्र सरकारले पनि यसबाट सल्लाह लिएको थियो । (टीएलपी)मा कानून मन्त्रालयले प्रतिबन्ध हटाएको छ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV