२ मंसिर २०७८, बिहीबार

काठमाडौं । बरिष्ठ गीतकार हिरा काजी थापाको शब्द सिर्जनामा तयार भएको ‘के छ खबर’ गीतको छायाङ्कन सम्पन्न भएको छ । दाङका विभिन्न रमणीय स्थलहरुमा २ दिन लगाएर गीतकार थापा आफैले निर्देशन गरेका गीतको अहिले सम्पादनको काम भइरहेको छ ।

गीतकार तथा निर्देशक थापा र बरिष्ठ गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको सहकार्यमा तयार भएको ‘के छ खबर’मा नागेन्द्र श्रेष्ठको संगीत रहेको छ । जसमा पहिलो नेपाल आइडलका विजेता बुद्ध लामा र विदुषी सुनिता कार्कीको मिठो स्वर रहेको छ ।

गीतमा राहुल प्रधानको जादुमयी एरेन्ज रहेको छ । निकै नै आशा गरिएको गीतमा पछिल्लो समय टिकटकबाट भाइरल बनेर म्यूजिक भिडियोमा एकछत्र राज गरिरहेकी मोडल उषा उप्रेती र अभिनेता सागर खनालको अभिनय रहेको छ ।

गीतको भिडियोमा उषा र सागरका अलावा प्रविन डिसी, अनिल कट्टेल, सिम्रन श्रेष्ठ, सिर्जना उप्रेती र दाङका स्थानीय कलाकारहरु मिन बहादुर डांगी र आशादायी बालकलाकार सुशात सिंह ठकुरीको अभिनय देख्न सकिन्छ । उक्त म्यूजिक भिडियोलाई सागर प्रधानले छायांकन गरेका हुन्भ, ने प्रमोद भण्डारीको उत्कृष्ट कोरियोग्राफी रहेको छ ।

जसमा अनिल रानाको सम्पादन रहेको छ । भिडियोमा स्वस्तिका श्रेष्ठको मेकअप, स्पोर्ट ब्वाईका रुपमा बिकेश लामा, फोकस पुलर प्रबिन राई, चालक नबिन जोशी, लाइट हेड बसन्त भण्डारी, लाइट म्यान रबिन्द्र खड्का, कमल, कपिल रहेका छन् ।

भिडियोमा प्रोडक्सन म्यानेजरका रुपमा लोमश पौडेल र एक्जुकेटिभ म्यानेजरका रुपमा योगेश देवकोटा रहेका छन् । गीतको भिडियो निर्देशक थापाकै युट्युब च्यानल ह्यांग इन्टरटेनमेन्टबाट बजारमा छिट्टै आउने बताइएको छ । भिडियो सार्वजनिक भएपछि हेरेर प्रतिक्रिया दिनका लागि निर्देशक थापाले सबैलाई अनुरोध पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV