२ मंसिर २०७८, बिहीबार

काठमाडौं । वीर दास, भारतीय कमेडियन तथा सामाजिक अभियन्ता हुन् । उनको सवालमा अहिले भारतीय समाज दुई भागमा विभाजित भएको छ ।

बीबीसी हिन्दीका अनुसार कमेडियन वीर दास अमेरिकाको वासिङटन डीसीस्थित जोन एफ केनेडी सेन्टरमा प्रस्तुत गरेको कविताको भिडियोले सामाजिक सञ्जालमा निकै चर्चा कमाइरहेको छ । त्यसो त जनताले पक्ष र विपक्षमा गरि दुवै प्रतिक्रिया दिइरहेका छन् भने उनीविरुद्ध मुम्बईको प्रहरी चौकीमा उजुरी पनि परेको छ ।

वीर दासले सोमबार आफ्नो युट्युब च्यानलमा ६ मिनेटको भिडियो सेयर गरेका छन् । भिडियोमा वीर दासले ‘म दुई भारतबाट आएको छु’ अर्थात् म दुई भारतबाट आएको हुँ भन्ने शीर्षकको कविता वाचन गरेका छन् ।

भिडियोमा उनले भारतको विरोधाभास राखेका छन् । यो भिडियो सार्वजनिक भएलगत्तै सामाजिक सञ्जालमा केही घण्टामै भाइरल बनेको छ । र, भिडियोलाई लिएर भारतीय समाज दुई भागमा बाँडिएको छ ।

धेरैले वीर दासले खुलेर कुरा गरेको भन्दै प्रशंसा गरिरहेका छन् भने धेरैले विश्व स्तरमा भारतको छवि खराब गरेको आरोप लगाएर उनको कडा आलोचना गरिरहेका छन् ।

सत्तारुढ दल भाजपाको विरोध

सत्तारुढ दल भारतीय जनता पार्टीले दासले अन्तर्राष्ट्रिय स्तरमा भारतको बेइजत गरेको भन्दै भिडियोलाई लिएर प्रहरीमा उजुरी दिएको छ । भाजपाका कानुनी सल्लाहकार आशुतोष दुवेले मुम्बई प्रहरीमा दासविरुद्ध उजुरी दिएका छन् ।

यस्तै, केही भारतीय कलाकारले पनि भारतको बेइजत गरेको भन्दै दासविरुद्ध प्रहरीमा दिएका छन् भने अन्य कलाकार, पत्रकारहरुले भने खुलेरै दासको प्रशंसा गर्दै उनकाे बचाउ गरेका छन् । भारतको विपक्षी दलले पनि दासको बचाउ गर्दै उनको कवितामा सत्तारुढ दलको स्पष्ट छवि देखिएको भनेका छन् ।

उनले कवितामा के भनेका छन् :

म त्यो भारतबाट आएको हुँ, जहाँ हामी महिलालाई दिउँसो पूजा गर्छौं र रातमा उनीहरूको सामूहिक बलात्कार हुन्छ।

म त्यो भारतबाट आएको हुँ, जहाँ बच्चाहरूले पनि मास्क लगाएर एकअर्काको हात समात्छन्, तर नेताहरू मास्कबिना एकअर्कालाई अँगालो हाल्छन्।

म त्यो भारतबाट आएको हुँ, जहाँ एयर क्वालिटी इन्डेक्स (एक्वुआई) ९००० छ तर हामी अझै पनि आफ्नो छतमा सुतेर रातमा ताराहरू हेर्छौं।

म त्यो भारतबाट आएको हुँ, जहाँ जनसङ्ख्याको ठूलो हिस्सा ३० वर्षभन्दा कमका मानिसको छ तर हामी ७५ वर्षका नेताहरूको १५० वर्ष पुरानो विचार सुन्न कहिल्यै छोड्दैनौं।

म यस्तो भारतबाट आएको हुँ जहाँ हामी महिलालाई दिउँसो पूजा गर्छौं, तर रातमा सामूहिक बलात्कार गर्छौँ ।

म यस्तो भारतबाट आएको हुँ जहाँ हामी साकाहारी भएकोमा गर्व गर्छौं र तरकारी खेती गर्ने किसानहरूमाथि गाडी कुदाउँछौँ ।

म यस्तो भारतबाट आएको हुँ जहाँ पत्रकारिता समाप्त भएको छ, पुरुष पत्रकारहरू एकअर्काको प्रशंसा गर्दैछन् अनि महिला पत्रकारहरू ल्यापटप लिएर सडकमा बसेर सत्य बोलिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV