२ मंसिर २०७८, बिहीबार
  • महेश पाण्डे,

चितवन । नेपाली कांग्रेसको १४ औं अधिवेसनमा चितवन क्षेत्र नम्बर १ को सभापतिमा किरण भूषण सिंह ओलीले उम्मेदवारी दिने घोषणा गरेका छन् । पूर्वी चितवनको खैरहनीमा आज विहीबार पत्रकार सम्मेलन गरि ओलीले आफ्नो उम्मेद्वारी घोषणा गरेका हुन् ।

नेतृत्व, संगठन र कार्यालय व्यवस्थापन गर्ने मुख्य एजेण्डासहित आफूले उम्मेदवारी दिन लागेको ओलीले बताए । पार्टीमा पद मात्रै लिने तर काम नगर्ने परिपाटीको अन्त्य गर्ने, पार्टीसहित विभिन्न भातृ संगठनलाई चलायमान बनाउने, पार्टी कार्यालय स्थापना गरेर अभिलेखिकरण गर्ने आफ्नो योजना रहेको उनले बताए ।

पद मात्र ओगट्ने तर पार्टीलाई मजवुद वनाउन,कार्यकर्ताको भावना नवुझ्ने, झन पार्टीलाई कमजोर पार्ने मात्र काम भइरहेको भन्दै आफूले पार्टी हितका काम गर्ने ओलीले प्रतिबद्धता जनाए । आफू सभापति पदमा विजयी भए आगामी स्थानीय तह, प्रदेश तथा संघिय निर्वाचनमा कुनै पनि पदमा उम्मेदवारी नदिने भन्दै निर्वाचनमा पार्टीका उम्मेद्वारलाई जिताउन लागि पर्ने बताए ।

चितवन क्षेत्र नम्बर एकमा नगर अधिवेशनमा आफू निकटका उम्मेदवारले जित हासिल गरेकाले क्षेत्रीय सभापतिमा पनि आफ्नो जित सुनिश्चित रहेको उनले दाबी गरे ।

नेपाली कांग्रेसको क्षेत्रीय अधिबेशन मंसिर ६ गतेलाई तोकिएको छ । क्षेत्रीय निर्वाचनमा करिब १ हजार मतदाताले मताधिकार प्रयोग गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV