२ मंसिर २०७८, बिहीबार

काठमाडौं । ग्लोबल आइएमई बैंकको १५औं वार्षिक साधारण सभा यही मंसिर २७ गते हुने भएको छ । बैंकको साधारण सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा बिहान १० बजेबाट सुरु हुने बताइएको छ ।

त्यस्तै बैंकको सो सभाले गत असोज २५ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट सेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.५ प्रतिशत नगद गरी कुल १३.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि मंसिर १३ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । मंसिर १२ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भई कायम भएका सेयरधनीहरुले सभामा भाग लिन र लाभांश प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV