२ मंसिर २०७८, बिहीबार

काठमाडौँ । वाल्ट डिज्नेले प्रथम सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पामाथि फिल्म बनाउने भएका छन् ।

तेन्जिङमाथि नै विश्व प्रसिद्ध फिल्म निर्माण कम्पनी वाल्ट डिज्नेले पनि फिल्म बनाउने घोषणा गरेको छ । डिज्नेले फिल्म बनाउने तयारीसहित ग्लोबल अडिसन पनि आह्वान गरेका छन् ।

नेपाल र न्युजिल्यान्डमा खिचिने फिल्मका लागि तेन्जिङ बन्ने मुख्य पात्रसँगै तेन्जिङको साथी, आमा,बुबा, श्रीमती र साथीको खोजी भइरहेको अष्ट्रेलियाको एक कास्टिङ कम्पनीले जनाएको छ ।

कम्पनीले शेर्पा, तिब्बतियन वा हिमालयन मुलका पुरुष र महिलाले अडिसनमा भाग लिन सक्ने छन् ।

यसअघि बाराक ओबामाले नेटफ्लिक्ससँग मिलेर प्रथम सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पामाथि फिल्म बनाउने घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV