२ मंसिर २०७८, बिहीबार

काठमाडौं । चलचित्र ‘पासो’को फस्टलुकसंगै प्रदर्शन मिति सार्वजनिक गरिएको छ ।

नायिका रिस्ता बस्नेत मुख्य भूमिका रहेको यो चलचित्र चैत १८ देखि प्रदर्शन हुने भएको छ ।

उनले अभिनय गरेका पछिल्ला केही चलचित्र व्यावसायिक रुपमा सफल हुन नसकेपछि अब उनी फरक अवतारमा दर्शकमाझ आउँदैछिन् ।

यो चलचित्रले मिल्ने दुई साथी एक आपराधिक गिरोहले एक उच्च पदस्थ व्यक्तिको शारीरिक तृष्णा मेटाउनका लागि पासोमा पारेको कथा रहेको जनाइएको छ ।

निर्देशक आरबी पुनका अनुसार आपराधिक गिरोहको फन्दामा परेका दुई साथीले बाँच्नका लागि गरेको संघर्षको वरिपरी चलचित्रको कथा घुमेको छ ।

चलचित्रमा कथा, पटकथा तथा संवाद निर्देशन पुनकै रहेको छ । भगवान भुजेलले निर्माण गरेको चलचित्रमा रिस्ताका साथमा सुनिरा बजगाँई, रामकुमार बस्ताकोटी, प्रतीक दुलाल लगायतका कलाकारले अभिनय गरेका छन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV