२ मंसिर २०७८, बिहीबार

एजेन्सी । सुपर हिरो फिल्म ‘स्पाइडर मेन’ शृङ्खलाअन्तर्गतको नयाँ फिल्म ‘स्पाइडर मेनः नो वे होम’को ट्रेलर रिलिज भएको छ।

फिल्मको ट्रेलर बुधबार सार्वजनिक भएको हो। फिल्म ‘सोनी पिक्चर्स इन्टरटेनमेन्ट’को उत्पादनका रुपमा बनेको छ ।

जोन वाट्सले निर्देशन गरेका फिल्मको कथा स्टेन लि र स्टिभ डिट्कोले लेखेका हुन् । ‘मार्बल कमिक’मा आधारित रहेको फिल्मको पटकथा लेखक क्रिस म्याककेन्ना र एरिक सोम्मर्सले गरेका छन्।

फिल्ममा स्पाइडर मेनको रहेका पिटर पार्कर (टोम होल्याण्ड अभिनित) पात्रको परिचय खुलेपछिको कथालाई देखाइएको छ।

डिसेम्बर १७ बाट सिनेमा हलमा प्रदर्शन हुने फिल्ममा टम होल्याण्डसहित जेण्डिया, बेनेडिक कम्बरब्याच, ज्याकब बटालोनलगायतले अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV