२ मंसिर २०७८, बिहीबार

काठमाडौँ । नेपाल परिवार दलको तेश्रो राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको छ । “सबैखाले विभेदको अन्त्य गरौँ: सुःसंस्कृत, समृद्ध र समावेशी नेपाल निर्माण गरौँ“ भन्ने नाराका साथ दलको राष्ट्रिय महाधिवेशन यहि २०७८ साल मङ्सिर ४–५ गते काठमाडौँमा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले अध्यक्षता गर्नुहुनेछ ।

कोभिड १९ को संक्रमणलाई ध्यान दिदै पूर्ण स्वास्थ्य मापदण्ड पालन गरेर भौतिक र अनलाइन दुवै तरिकाबाट महाधिबेसन सम्पन गरिने छ । परिवार दलले केन्द्र र प्रदेशको समिति १०१ सदस्यीय हुनेछ, संबिधान बमोजिम समाबेशी तथा समानुपातिक प्रतिनिधित्व सुनिच्चित गरिनेछ र युबाहरुलाई पार्टीमा बिशेष स्थान दिइने छ । महाधिवेशनवाट परिवार दलमा एक अध्यक्ष, २ उपाध्यक्ष, २ महामन्त्री, ५ सह–महामन्त्री, एक कोषाध्यक्ष समेत १०१ कार्यसमिति निर्बाचित गरिने जनाइएकाे छ।

नेपाल परिवार दलको तेश्रो राष्ट्रिय महाधिबेशनमा देशभरी बाट चुनिएका १५०० प्रतिनिधि मध्य ७०० जनाले भौतिक रुपमा उपस्थित भई सहभागी जनाउने छन् । बाँकीले अनलाइन मार्फत सहभागिता जनाउने छन् ।

महाधिबेशनमा १०० जना पर्यबेक्षक, छिमेकी मित्र राष्ट्रका ५ जना विशिष्ट अतिथि समेत गरि बंगलादेश, थाईल्याण्ड लगायतका मित्र राष्ट्रका अतिथि पनि सहभागी हुनेछन । त्यसैगरी चीन, अमेरिका, जापान, कोरिया, क्याम्बोडिया, पाकिस्तान, साउथ अमेरिका, युरोप, अफ्रिका र मध्यपुर्वका देशका विशिष्ट पाहुनाहरुले भिडियो मार्फत शुभकामना दिनुहुनेछ । महाधिबेसनमा निर्बाचन आयोगमा दर्ता भएका सम्पूर्ण राजनीतिक दललाई पनि आमन्त्रण गरिएको छ । महाधिबेशन सफलताको लागि विभिन्न १५ समितिहरु गठन गरिएका छन् ।

परिवार दलको भात्रु संगठन पिस फोर्सका २०० युवाहरुले महाधिबेशनमा स्वमसेबकको काम गर्नेछन । विभिन्न ४ राष्ट्रिय टेलिभिजन द्वारा लाइभ गरिनेछ । पत्रकारको लागि प्रवेश पास उपलब्ध गरिने छ । महाधिबेसनको उद्धाटन सत्रमा नेपालको बिबिधता झल्कने विभिन्न साँस्कृतिक प्रस्तुति रहने परिवार दलले जनाएको छ।

महाधिबेशनमा १५०० जनाको लागि सिटको ब्यबस्था गरिएको छ । आमन्त्रित पाहुनाको लागि प्रज्ञा भवनमा हल्का नास्ताको व्यवस्था गरिएको छ । उद्घाटन सत्र र बन्द सत्र प्रज्ञा भबन कमलादीमा र घोषणा सभा क्राउन प्याजा होटल नक्सालमा हुनेछ । अधिकाँस कार्यकर्ता र शुभेच्छुकहरु आ–आफ्नो साँस्कृतिक पहिरनमा आउनु हुनेछ । महाधिबेशन प्रतिनिधिको बासको लागि काठमाडौँमा १५ वटा होटेल बुकिङ्ग गरिएको छ ।

महाधिबेशनको खर्च २५००० क्रियाशील सदस्यको शुल्क, सुभेच्छुकहरुले स्वबिबेकले दिने सहयोग, प्रतिनिधिको दर्ता शुल्कको साथै प्रत्यक केन्द्रिय सदस्यले न्युनतम ५००० का दरले दिने सहयोग र निर्बाचनमा केन्द्रिय समितिका उम्मेदवारले तिर्ने मनोनोयन शुल्क ९रु२००० देखि २५,०००सम्म० मार्फत संकलन गरिनेछ । तेश्रो राष्ट्रिय महाधिबेशनको सफलताको लागि अनुमानित पचास लाख रुपैया सहयोग संकलन गर्ने योजना राष्ट्रिय तयारी समितिको छ । महाधिबेशनको सफलताको कामना गदै मङसिर ३ गते माईतघर देखि नयाँ बानेश्वर सम्म शान्ति र्याली निकाल्ने तयारी रहेको छ ।

त्यस्तै, महाधिबेसनबाट प्रत्यक्ष निर्बाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्बाचन प्रणाली र संबिधा सुधार आयोग लगायतको बिषयलाई पारित गर्ने तयारी गरेको छ । थलिएको नेपाली अर्थतन्त्रलाई माथि उकास्न विज्ञहरु सम्मिलित एक राष्ट्रिय अर्थ व्यवस्था विकास आयोग गठन गर्न संविधानलाई सर्ब स्वीकार्य बनाउन नेपाली उत्पीडित समूदायको हक अधिकार थप सुनिश्चित गर्न आवस्यक पर्ने सुधारको लागी एक संबिधान सुधार सिफारिस आयोग गठन गनुपर्नेकुरालाई महाधिबेसन बाट पारित गराउने तयारी छ । अ

प्रतिक्रिया दिनुहोस्

LIVE TV