२ मंसिर २०७८, बिहीबार

काठमाडौँ । सर्वोच्च अदालतमा जारी आन्दोलनले उग्र रुप लिएको छ । अदालतको आन्दोलन र गतिरोध लम्बिँदै जाँदा समाधानको उपाय कतैबाट नदेखिएपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले ‘फुलकोर्ट’ बैठक बोलाएका छन् । तर उक्त बैठकमा अन्य न्यायाधीशहरु आउने या नआउने निक्र्यौल छैन, यसअघि प्रन्या जबराले बोलाएका बैठक असन्तुष्ट न्यायाधीशहरुले बहिस्कार गर्दै आएका थिए ।

प्रधानन्यायाधीशको राजीनामा माग्दै सर्वोच्चकै न्यायाधीश तथा नेपाल बार एसोसिएन आबद्ध वकिलहरु करिब १ महिनादेखि आन्दोलनमा छन् । तर आन्दोलन मत्थर हुने नदेखेपछि निकासका लागि प्रन्या जबराले फुलकोर्ट बैठक बोलाएका हुन् । स्रोतका अनुसार सर्वोच्चमा आन्दोलनरत १३ जना न्यायाधीश ‘फुलकोर्ट’ बोलाउन तयार भएपछि उक्त बैठक बोलाइएको हो ।

यसैबीच नेपाल बार एसोसिएसनले पनि आकस्मिक बैठक बोलाएको छ । आज बिहान सर्वोच्च प्रांगणमा आफूहरुले शान्तिपूर्ण रुपमा विरोध प्रदर्शन एवं धर्ना गर्दा प्रहरीले बल प्रयोग गरेको भन्दै बारले यसबारे छलफल गर्न आकस्मिक बैठक बोलाएको हो ।

यसअघि एसोसियसनले प्रन्या जबरालाई शुक्रबारसम्म राजीनामा दिन दोस्रोपटक अल्टिमेटम दिएको थियो थियो । तर आज बिहान दंगा प्रहरी समेत लगाएर सर्वोच्च प्रशासनले दमन गरेपछि बारका अध्यक्षसहित एक दर्जनभन्दा बढी वकिल घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV