२ मंसिर २०७८, बिहीबार

काठमाडौं । प्रधानन्याधीश चोलेन्द्र शम्सेर जबराबिरुद्धको आन्दोलनमा दंगा प्रहरी हटाउन कानुन व्यावसायीहले माग गरेका छन् ।

बिहीबारको आन्दोलनमा ठूला ठूला हतियार बोकेको दंगा प्रहरी पचिालन गरिएको भन्दै कानुन व्यावसायीहरुले भोलिबाट यस्तो नगर्न खबरदारी गरेका छन् ।

आजको आन्दोलन कार्यक्रमालाई सम्बोधन गर्दै नेपाल बार एशोसिएसनका केन्द्रीय सदस्य खिमानन्द अधिकारीले हतियारसहितको प्रहरी हटाउने उनले माग गरे । यदी नहटाएको अवस्थामा प्रहरीको गोली खानसमेत तयार रहेको तर आन्दोलनबाटपछि नहट्ने बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘दंगा प्रहरी यहाँबाट हटाइयोस् । नहटाए गोली खान तयार छौं। तर आन्दोलन रोकिंदैन।’

आफूहरुको शान्तिपूर्ण आन्दोलनमा एसएलआर हतियारसहितको प्रहरी खटाइएको भन्दै कानुन व्यावसायीहरले बिरोध जनाएका छन् । प्रहरीको कुटाइबाट केही कानुन व्यावसायीहरुसमेत घाइते भएका छन् ।

कानुन व्यावसायीहरुले प्रधानन्यायधीश जबराको मूल गेटबाट प्रवेश रोक लागाएका थिए । त्यस्तै वैकल्पिक बाटाेसम्म अवरोध गर्न जाँदा प्रहरीले कानुन व्यावसायीहरुलाई लाठ्ठी चार्ज गरेको थियो ।

आजको आन्दोलनमा एक प्रहरी अधिकारीसहित एक दर्जन कानुन व्यावसायीहरु घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV