२ मंसिर २०७८, बिहीबार

तेह्रथुम । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भवानीप्रसाद खापुङको निर्देशनमा जिल्ला अस्पताल तेह्रथुममा २ डाक्टर करारमा नियुक्त भएका छन् ।

अस्पतालमा कार्यरत केहि डाक्टरहरुको करार अवधि सकिएसँगै जनशक्ति अभाव रहेको भन्ने गुनासो आएपछि मन्त्री खापुङले नियुक्तिका लागि निर्देशन दिनुभएको थियो ।

राज्यमन्त्री खापुङलको हालै सम्पन्न जिल्ला भ्रमणका क्रममा जिल्ला अस्पतालका कर्मचारीहरुले करार अवधि सकिएको र केहि डाक्टरहरु अध्ययन बिदामामा रहेकाले विरामीहरुको उपचारमा समस्या भएको बताइएको थियो ।

मन्त्रीको निर्देशनपछि प्रदेश सरकार मार्फत थप दुई जना डाक्टरको भएको मन्त्री खापुङका प्रेस सल्लाहकार भगिश्वर लिम्बूले बताउनुभयो ।

अजशक्तिको अभावमा जिल्ला अस्पताल एक डाक्टरको भरमा संचालन भइरहेको भन्दै कर्मचारीहरुले गुनासो गरेका थिए ।

नयाँ नियुक्ति भइ डाक्टर सन्देश राई हाजिर भइसक्नु भएको र बिहीबार दिवाकर चौधरी पनि हाजिर हुने जिल्ला अस्पतालका मेडिकल सुपरीटेण्डेण्ट अनुपम घिमिरेले बताउनुभयो।

जिल्ला अस्पताल तेह्रथुमका लागि अब थप एमडी र एमडिजिपी डाक्टर व्यवस्था गर्नका लागि पहल भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अब बढीमा २ हप्ता भित्र माग अनुसारको जनशक्ति पठाउने प्रतिबद्धता भएको स्वास्थ्य राज्य मन्त्रीको प्रमुख स्वाकीय सचिव गजेन्द्र कन्दङवाले जानकारी जानकारी दिनुभयो।

उहाँका अनुसार जिल्ला अस्पतालमा सञ्चालनमा रहेको निकसाईमन परियोजनाको बारेमा समेत निर्र्देशकसँगसंग छलफल गरि जिल्ला अस्पतालमा सेवा सुचारु गर्न निर्देशनसमेत दिएको सचिव कन्दङ्वाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV