२ मंसिर २०७८, बिहीबार

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आगामी आज मुलुकका धेरै स्थानमा आंशिक बदली हुने जनाएको छ ।

मौसम पूर्वानमान महाशाखाले बुधबार सुचना जारी गर्दै मुलुकका धेरैजसो स्थानमा सामान्य बदली हुने जनाएको छ ।

महाशाखाका अनुसार अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभावका कारण बागमती, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदुरपश्चिम प्रदेशका भूभागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली हुनेछ । आज दिउँसो प्रदेश १, बागमती, लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ।

त्यस्तै राति प्रदेश १, बागमती, लुम्बिनी, गण्डकी, तथा कर्णाली प्रदेशका भू-भागहरु आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।

LIVE TV