२ मंसिर २०७८, बिहीबार
  • दानबहादुर बुढा

मुगु । गमगढी बजारमा भएको भीषण आगलागीमा परेका २५ घरधुरीलाई मारवाडी सेवा समिति, काठमाडौं सहयोग र विष्णु मेघा फाउन्डेसन मुगुको समन्वय ७० थान न्यानो कम्बल वितरण गरिएको छ ।

बुधबार गमगढीमा मुगुका प्रमुख जिल्ला अधिकारीज्यू मार्फत दुई लाख रुपैयाँ बराबरको उकत कम्बल वितरण गरिएको हो ।

जाडोको समय र विपदको अवस्था, एकसरो लुगा बाहेक सबै जलेर नष्ट भएको यस विषम परिस्थितिमा राहत पाउँदा पीडितले सहयोगी संस्थालाई धन्यवाद दिएका छन् । साथै यो पहलका लागि मुगुका प्रमुख जिल्ला अधिकारीलाई पनि धन्यवाद दिएका छन् ।

गत कार्तिक २९ गते राति भएको आगलागीबाट २५ घरमा क्षति भएको छ । अग्नि पिडितहरुलाई न बस्ने ठाउँ छ, न खाने गाँस छ । यस्तो अवस्थामा उनीहरुलाई थप सहयोग आवश्यक रहेको भन्दै सबै सरोकारवाला निकाय र मनकारीहरुलाई प्रमुख जिल्ला अधिकारी रोम बहादुर महतले अनुरोध समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV