२ मंसिर २०७८, बिहीबार

काठमाडौं । अमेरिकी विदेश सहायकमन्त्री डोनाल्ड लूले आज प्रधानमन्त्री शेरबहादुर देउवासहित सरकारका मन्त्रीहरुसँग भेटघाट गर्नुहुने भएको छ ।

दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी हेर्ने अमेरिकी विदेशी सहायक विदेशमन्त्री बुधबार नेपाल भ्रमणमा आउनु भएको छ ।

उहाँले समसामयिक विश्व मामिला, एमसिसीसहित नेपाल अमेरिका सम्बन्धका विषयमा कुराकानी गर्ने बताइएको छ ।

उहाँले बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा नारायण खड्कालगायत उच्च अधिकारीहरूसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।

जो बाइडेन राष्ट्रपति भएपछि दक्षिण तथा मध्य एसिया हेर्ने अधिकारीहरू फेरबदल भएसँगै उनीहरूको यो पहिलो परीचयात्मक भनेर पनि बताइदै आएको छ ।

नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७५ वर्षको पूर्वसन्ध्यामा अमेरिकाले आफ्नो मन्त्री पठाएर छलफल गर्न लागेको हो ।

मन्त्री लुले राष्ट्रपति जो बाइडेनका उच्चतम प्राथमिकताहरूका सन्दर्भमा भ्रमण हुने बताइएको छ ।

त्यस्तैगरी मन्त्री लुले आगामी डिसेम्बरमा अमेरिका आयोजना हुने विश्व प्रजातन्त्र सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवालाई निमन्त्रणा दिने स्रोतले बताएको छ । उहाँहरुको नेपाल भ्रमण शुक्रबारै सम्पन्न हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV