१ मंसिर २०७८, बुधबार

एजेन्सी । भारतको जम्मू कश्मीरको कुलगाममा आतंकवादी मारिएका छन् ।

सेनाले गोप्य सूचनाका आधारमा आतंककारीमाथि कारबाही गरेको जनाइएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार सेनाले चारैतिरबाट घेरा हालेर आतंककारीमाथि कारबाही गरेको छ ।

आतंककारीमाथि कारवाही भएको क्षेत्रमा आवतजावत बन्द गरिएको छ । सेनाले घेरा हाले पनि आतंककारीसंगको भिडन्त जारी रहेको जनाइएको छ ।

जम्मू कश्मीरमा पछिल्ला दिनहरुमा भारतीय सेनाले आतंककारीमाथिको कारबाहीलाई तिब्रता दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV