१ मंसिर २०७८, बुधबार

काठमाडौं । नायिका तथा मोडल एलिजा गौतम चलचित्र ‘घुइँचो’ मा भित्रिएकी छन् ।

रामजी दैलेखीले निर्माण गर्न लागेको चलचित्र ‘घुइँचो’मा एलिजा भित्रिएकी हुन्। निर्माता दैलेखी र नायिका गौतमले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

चलचित्र आरजे म्यूजिक एण्ड मिडियाको ब्यानरमा बन्न लागेको हो । एलिजाले ‘घुइँचो’मा खोजे जस्तै कथा पाएको भन्दै खुसी ब्यक्त गरिन् ।

चलचित्रको लागि अन्य कलाकार पनि चाँडै फाइनल गरिने बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV