१ मंसिर २०७८, बुधबार
  • बाल बिक्रम कार्की

रौतहट । प्रेस सेन्टर नेपाल रौतहटको अध्यक्षमा डिल्ली बहादुर कार्की (सुब्बा) चयन हुनुभएको छ । बुधबार चन्द्रपुरमा भएको दोस्रो जिल्ला अधिवेशनले कार्कीलाई सर्वसहमत अध्यक्षमा चयन गरेको हो ।

अधिवेशनबाट उपाध्यक्षमा ओमकिशोर चौधरी, समावेशी उपाध्यक्षमा रचना काफ्ले, सचिवमा रमेश कुमार यादव, सह सचिवमा मञ्जु ठाकुर, कोषाध्यक्षमा विजय साह पनि सर्वसम्मत चयन भएका छन् ।

त्यसैगरी सदस्यहरूमा राजेन्द्र कुँवर, चन्देश्वर राउत, विकास श्रीवास्तव, पवन कुमार गुप्ता र दिनेश थापालाई चयन गरिएको अध्यक्ष कार्कीले जानकारी दिनुभयो । कार्कीका अनुसार अधिवेशनले प्रदेश प्रतिनिधिमा कृष्ण तिवारी र दिपेश पौडेल तथा केन्द्रीय प्रतिनिधिमा जितेन्द्र श्रीवास्तव र मनोज साहलाई चयन गरेको छ ।

नवनिर्वाचित अध्यक्ष कार्कीले आफ्नो नेतृत्वको संगठनले सक्रिय र श्रमजीवी पत्रकारहरुको हकहितका लागि काम गर्ने बताउनुभयो । उहाँले जिल्लामा कार्यरत पत्रकारहरुको वृति विकासमा सेन्टरले महत्वपूर्ण योगदान दिने भन्दै पत्रकारितालाई सभ्य र अनुशासित बनाउन भूमिका खेल्ने प्रतिवद्धता जनाउनुभयो ।

प्रेस सेन्टर नेपालको प्रदेश २ संयोजक किरण कर्णको प्रमुख आतिथ्यमा सम्पन्न सो अधिवेशनमा जिल्लाका विभिन्न संचारमाध्यममा कार्यरत संचारकर्मीको उपस्थिति रहेको थियो ‌।

प्रतिक्रिया दिनुहोस्

LIVE TV