१ मंसिर २०७८, बुधबार
  • ज्योतिकुमार पन्थी

दाङ्ग । नेपाल परिवार नियोजन संघको ४१ औ साधारण सभाबाट हिमालयलाल कसजु निर्वाचित भएका छन । लुम्बिनी प्रदेशको दाङ्ग जिल्लामा सम्पन्न केन्द्रीय सभाबाट हिमालयलाल कसजु निर्वाचित भएका हुन ।

कसजुले कुल ३९ मत मध्य २३ मत ल्याए भने उनका प्रतिद्वन्दी दिवाकर श्रेष्ठले १६ मत मात्र ल्याएका थिए । त्यसैगरि महिला सदस्यमा निर्मला गौतम रेग्मी, ज्योतिकुमारी श्रेष्ठ र सिता कुमारी राना निर्वाचित भएका छन भने केन्द्रीय सदस्यमा क्रमश अर्जुन सिग्देल, कृष्णप्रसाद पाठक , निगम श्रेष्ठ, भागिरथी भट्ट र माला न्यौपाने बिजयी भएका छन ।
मंगलबार र बुधबार गरि दुई दिनसम्म सञ्चालन भएको केन्द्रीय सभाले तीन बर्षका लागि नयाँ नेतृत्व चयन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV