१ मंसिर २०७८, बुधबार

काठमाडौं । श्रम तथा रोजगारमन्त्री किसान श्रेष्ठले ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयमा अनुगमन गर्दै सेवा प्रवाहलाई चुस्त र छरितो बनाउन निर्देशन दिएका छन् ।

बुधबार आकस्मिक अनुगमनका क्रममा वैदेशिक रोजगार कार्यालय पुगेका मन्त्री श्रेष्ठ समक्ष सेवाग्रहीको धेरै गुनासो आएपछि सेवा प्रवाहलाई चुस्त र छरितो बनाउन निर्देशन दिएका हुन् ।

करिब दुई घण्टाको अनुगमनका क्रममा मन्त्री श्रेष्ठले कार्यालयबाट हुने गरेका सवै कामहरुको बारेमा जानकारी लिएका थिए । अनुगमनपछि मन्त्री श्रेष्ठले विहीबारबाटै सेवा प्रवाहमा सुधार गर्ने गरि काम गर्न निर्देशन दिएको जानकारी दिए ।

त्यस्तै टोकन सिस्टममा देखिएका समस्या समाधान लागि पनि उनले निर्देशन दिएका थिए । श्रमिहरुलाई नियतबस दुख दिने कुनै पनि काम नगर्न निर्देशन दिदै सेवा प्रवाहमा कुनै कानूनी झन्झटहरु भए समाधान गर्ने मन्त्री श्रेष्ठले बताए ।

मन्त्री श्रेष्ठको अनुगमनका क्रममा सेवाग्रहीले भने एउटै कामका लागि दुई तीन दिन लाग्ने गरेको र यसका कारण पूर्वनिर्धारित उडान छुट्ने देखिएको गुसानो गरेका थिए । टोकन दिन दुई दिनसम्म पनि धाउदा नपाएको गुनासो उनीहरुको छ ।

अनुगमनपछि मन्त्री श्रेष्ठले सेवा प्रवाहमा सुधारका काम नभए कारवाही गर्ने चेतावनीसमेत दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV