१ मंसिर २०७८, बुधबार

काठमाडौं । चिनियाँ नागरिकले देश फर्कन पाउनुपर्ने भन्दै चिनियाँ दूतावास बाहिर बुधबार पनि प्रदर्शन गरेका छन् ।

कोरोना महामारीका कारण नेपालमै रोकिएका उनीहरुले आफूहरुलाई तत्काल देश फर्काउनुपर्ने माग गर्दै प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले ‘म चीन फर्कन चाहन्छु’ लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

आफ्नौ खर्चमा नै देश फर्कन चाहेपनि फर्किन नपाएकाले प्रदर्शन गरिएको उनीहरुले बताएका छन् । करिब दुईहजार चिनियाँ नागरिक देश फर्कन चाहेको उनीहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV