१ मंसिर २०७८, बुधबार

जनकपुरधाम । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले न्यायालयको विवाद छिट्टै समाधान हुने बताउनुभएको छ ।

बुधबार बिहान जनकपुर विमानस्थलमा पत्रकारसँग छोटो कुराकानी गर्दै उहाँले न्यायालयमा देखिएको विवादको समाधान एक(दुई दिनभित्रै हुने विश्वास व्यक्त गर्नुभएको हो ।  समस्या समाधानका निम्ति सबै पक्षले आ- आफ्नो ठाउँबाट पहल गर्नुपर्ने पनि उहाँले बताउनुभयो ।

अध्यक्ष प्रचण्डले अदालतमा देखापरेका समस्याबारे गम्भीर ध्यानाकर्षण भएको र यो समस्याको छिटोभन्दा छिटो समाधान होस् भन्ने अपेक्षा राखेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी अदालतबाटै एक(दुई दिनभित्र समस्या समाधान होस् भन्ने चाहेका छौं ।’

महोत्तरीको रामगोपालपुर नगरपालिकामा नेकपा माओवादी केन्द्रद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन उहाँ जनकपुरधाम आउनुभएको हो ।

प्रचण्डलाई स्वागत गर्न रामगोपालपुर नगरपालिकाले सार्वजनिक बिदा दिएको छ। नगरपालिकाभित्रमा नवनिर्मित स्वास्थ्य संस्था उद्घाटनको लागि प्रचण्ड आउने भएपछि स्वागतको लागि बुधबार सार्वजनिक बिदा दिइएपछि आलोचना भएको छ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV